२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीद्वारा गण्डकीसमक्ष २९५ रनको लक्ष्य प्रस्तुत

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत अशुतोष घिरौया र इशान पाण्डेको अर्धशतीय पारीमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको बलियो लक्ष्य दिएको छ ।

तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको हो । बागमतीको लागि इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर ब्याटर अशुतोष घिरौयाले ५९ रनको अर्धशतकीय पारी खेले। उनले पहिलो विकेटको लागि शुभ कंसाकरसँग ६४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर शुभले ४४ रन बनाए । वानडाउन आएका शिवम तिवारीले १८ रन बनाए । उत्तम मगरले ३० र विवेक मगरले २७ रन बनाए। कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।

गण्डकीको लागि कमल परियारले २ विकेट लिए । कप्तान विपिन खत्री, अंकित न्यौपाने, सिविन श्रेष्ठ र सुवास भण्डारीले १-१ विकेट लिए । बागमती प्रदेशको यो खेल दोस्रो खेल हो । बागमतीले पहिलो खेल एपीएफसँग हार बेहोरेको थियो । गण्डकी प्रदेशको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो ।