काठमाडौँ। ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२’ ले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अघि सारेको छ। शनिवार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य सार्वजनिक बिदाहरू पुनरावलोकन गर्ने सुझाव अभियानले दिएको हो।
कार्यालय समय बिहान ९ बजेदेखि सुरु गर्ने प्रस्तावसमेत गरिएको छ। यसले कार्यक्षमता बढाउने, सेवा प्रवाहलाई व्यवस्थित बनाउने र सार्वजनिक निकायको कार्यसमयलाई स्पष्ट बनाउने उद्देश्य लिएको बताइएको छ।
मंगलवार जारी गरिएको विज्ञप्तिसहितको सुधार खाका अनुसार सेवा सञ्चालन तथा पहुँच विस्तारसम्बन्धी खण्डमा उक्त प्रस्ताव समेटिएको हो। अभियानले सार्वजनिक सेवा प्रणालीलाई नागरिकमैत्री, छरितो र परिणाममुखी बनाउन प्रशासनिक संरचना र कार्यशैलीमा व्यापक परिवर्तन आवश्यक रहेको औँल्याएको छ।







