२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम मधेससँग पाँच विकेटले पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको छ ।

वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य ३३.४ ओभरमा पूरा गर्दै मधेसले जित हात पारेको हो । मधेसको जीतमा अनरिको यादवले अविजित ४६ रन बनाए । ७८ बलको सामना गर्दै अरनिकोले ९ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् ।

मधेशका लागि आदिल अंसारीले ३४ र पवन सर्राफले २१ रन बनाए । ओपनरद्वय कप्तान अनिल साह र मयन यादवलाई १३-१३ रनमै गुमाएपछि दवावमा परेको मधेसलाई आदिल र पवनले सम्हालेका थिए ।

पवन २१ रनको स्थितिमा अशोक धामीको बलमा आउट भएपछि आएका अरनिकोले खेल सम्हाले । प्लेयर अफ दि म्याच घोषित अरनिकोले पाँच हजार नगद प्राप्त गरे । सुदूरपश्चिमका लागि अशोक धामीले तीन र शेर मल्लले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले समान २३-२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे । सुदूरका अन्य ब्याटर चल्न सकेनन् ।

मधेसका लागि अरनिको यादवले तीन,प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह,आदिल आलम,पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक-एक विकेट लिएका छन् ।