काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याललाई प्रतिनिधि सभाको सभामुख बनाउने विषयमा सहमति नजिक पुगेको छ ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहबीच भएको छलफलपछि अर्यालको नाममा सहमति जुट्ने क्रममा रहेको बताइएको छ ।
अर्याल यसअघि गृहमन्त्रीका प्रमुख दाबेदारका रूपमा रहेका थिए । तर, गृहमन्त्रीमा सुदन गुरुङको दाबी कायम रहेपछि विकल्पका रूपमा उनलाई सभामुखमा अघि सारिएको हो । अन्तिम सहमति भने औपचारिक रूपमा हुन बाँकी रहेको स्रोतले जनाएको छ ।







