२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री बालेनलाई महेश बस्नेतको शुभकामना, संयमित ढंगले अगाडि बढ्न सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठित नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै सकारात्मक पहलमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले नवगठित मन्त्रिपरिषद्लाई लक्षित गर्दै युवा नेतृत्वको उदयलाई स्वागतयोग्य बताउँदै यसलाई अवसरसँगै परीक्षणको चरणका रूपमा पनि चित्रण गरेका छन्। देशले दिएको जिम्मेवारीलाई परिणाममुखी ढंगले प्रमाणित गर्नु अब सरकारको दायित्व भएको उनको भनाइ छ।

बस्नेतले अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुने उल्लेख गर्दै अनुभवको अभावलाई व्यवहारिक सिकाइ र परिपक्व निर्णयमार्फत सन्तुलनमा राख्नुपर्ने सुझाव दिएका छन्। प्रत्येक निर्णय र कदममा सावधानी अपनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राखेर जनअपेक्षा पूरा गर्न सरकार सक्षम हुनुपर्ने बताएका छन्। साथै, जिम्मेवारीप्रतिको संवेदनशीलता, संयमता र दृढतासहित कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै सत्ता प्रयोगलाई अवसरभन्दा बढी उत्तरदायित्वका रूपमा बुझ्न आग्रह गरेका छन्।

अनुभव र ऊर्जाबीच समन्वय गर्दै सबै पक्षसँग सहकार्यमा अघि बढ्दा मात्रै जनविश्वास थप सुदृढ हुने धारणा व्यक्त गर्दै उनले रचनात्मक निर्णयहरूमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।