२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

अ+ अ-

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा शुक्रवार(आज) पद बहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका छन् । “भ्रष्टाचारप्रति शून्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,” उनले भने ।

जनतालाई परिणाम दिने गरी काम गर्न मन्त्रालयको नेतृत्व सम्हालेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीमार्फत शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

“सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस्, यसैबाट सुशासन ल्याउन सकिन्छ,” उनले भने ।

जेन जेडको जनादेश कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट निर्णय भइसकेको उल्लेख गर्दै उनले त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने बताए । सरकारका निर्णय कार्यान्वयन नगर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

निर्देशनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन जेन जेड युवाको बलिदानबाट सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गराएका थिए ।

मन्त्रालयमा उनलाई गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।