काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।
सरकार गठनपछिको दोस्रो बैठकका रूपमा रहेको यस बैठकमा केही महत्त्वपूर्ण र नीतिगत निर्णयहरू हुन सक्ने अपेक्षा गरिएको छ ।
पहिलो बैठकबाट स्वीकृत कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र शासकीय सुधारका कार्यसूची तथा निर्णयहरू यति बेला चर्चामा छन् ।







