२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति सेवा उपलब्ध गराइने

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीसम्बन्धी प्रशासनिक प्रक्रियालाई सहज बनाउन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थामा सुधार गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका छन्।

यसअघि दैनिक सीमित संख्यामा टोकन प्रणालीमार्फत सेवा प्रदान हुँदै आएकोमा उक्त व्यवस्था हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याएको हो।

विभागका अनुसार आवश्यक कागजात पूरा गरी आवेदन पेश गरिएमा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति उपलब्ध गराइनेछ। यसले सेवाग्राहीको समय बचत हुनुका साथै प्रक्रियागत जटिलता घट्ने अपेक्षा गरिएको छ।

आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा सम्पन्न छलफलले श्रम प्रशासनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो। उक्त बैठकमा हालै सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई कार्यान्वयनमा लैजाने विषयमा समेत विमर्श गरिएको थियो।

मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकको अधिकार संरक्षणमा केन्द्रित भएर विभिन्न सुधार कार्यक्रम अघि बढाउने नीति लिएको जनाएको छ।