काठमाडौँ। सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेसँग रहेको दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स ६ प ९०३६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका वडा नम्बर २ पडरिया का ३६ वर्षीय मो. मुस्ताकको साथबाट डाइजेपाम सात, आइपिपिएल सात र फेनरगन नौ गरी जम्मा २३ पिस निषेधित लागुऔषध बरामद गरिएको हो ।
त्यसैगरी लागुऔषध खरिद गर्न आएका सप्तकोसी नगरपालिका ८ ओद्राहा का २३ वर्षीय कृष्णकुमार खंग, सोही स्थानका २५ वर्षीय राजकुमार बहदार र रुपनी गाउँपालिका ६ का सितल मगरलाई समेत प्रहरीले पक्राउ गरी उनीहरूले प्रयोग गरेको को २९ प ६१०६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







