२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्‍यो ‘आइएसओ’ मान्यता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५:२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।

स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तर्राष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताए।

उनले भने, “प्रयोगशालाको सिंगो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आइएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।”

नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ । औषधि व्यवस्था विभागबाट प्राप्त नमूनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमूना र अन्य औषधि परीक्षण गर्ने तथा निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने काम प्रयोगशालाले गर्दै आएको छ ।

त्यसैगरी, प्रयोगशालाले नियमनको लेखापरीक्षण गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरूको निरीक्षण लेखापरीक्षण गर्दै आएको छ ।

औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला, औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अंगका रूपमा रहेको छ ।