२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए नि:शुल्क सेवा

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले नि:शुल्क सेवा लिएका छन् । 

रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका-२ रतन्छामा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र १० जना बालबालिकाले नि:शुल्क सेवा लिएका हुन् । 

नागरिक-सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिए । 

“दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उनले भने, “शिविरका माध्यमबाट नागरिक-सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका छन् ।”

जिल्ला अस्पताल खोटाङ र साकेला आधारभूत अस्पतालको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्यसम्बन्धी परामर्श र सचेतनामूलक सेवा नि:शुल्क प्रदान गरिएको सेनाले जनाएको छ । 

सेनाको यो पहलले स्थानीयस्तरमा बसोवास गर्दै आएका नागरिकका लागि स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग पुगेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । 

रतन्छास्थित साकेला आधारभूत अस्पतालको प्रांगणमा सोमबार आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा गाउँपालिका प्रमुख राई, प्रमुख सेनानी लामिछाने, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो । 

नेपाली सेनाको ‘नागरिक-सैन्य सम्बन्ध सदृढ कार्यक्रम’ अन्तर्गत रणभीम गण मुडे खोटाङले जिल्लाका विभिन्न ठाउँमा गएर सामाजिक काम गर्दै आएको छ । 

रणभीम गणले यसअघि हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा फर्निचर निर्माण गरिदिएको थियो । यसका साथै नेपाली सेनाले जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रतिकार्य पूर्वअभ्यास, सडक मर्मत, सरसफाइलगायत सामाजिक काम गर्दै आएको छ ।