२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालमा सेवा गुणस्तर सुधारका लागि १४ नयाँ निर्णय लागू : कर्मचारीको बिदा काटिनेदेखि प्रोत्साहन भत्तासम्मको व्यवस्था

अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बिरामी सेवा र कर्मचारी अनुशासन सुधारका लागि १४ बुँदे नयाँ निर्णय लागू गरेको छ।

अस्पताल व्यवस्थापन समितिको चैत १६ गतेको बैठकमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार र औषधि उपलब्धता सम्बन्धी नियम संशोधन गर्ने निर्णय भएको अस्पतालले जनाएको छ ।

निर्णयअनुसार कर्मचारीहरूले बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म कार्यालय समयमा अनिवार्य उपस्थित रहनुपर्नेछ। तोकिएको समयभन्दा ढिला आए वा बिना सूचना अनुपस्थित भएमा मन्त्रालयमा रिपोर्ट गरिने र नियम अनुसार कारबाही गरिने व्यवस्था गरिएको छ।

विशेष गरी बिहान ९:३० पछि उपस्थित हुने वा साढे ४ बजे अघि बाहिरिने कर्मचारीलाई आधा दिनको बिदा काटिने प्रावधान राखिएको छ।

सेवाग्राहीसँगको व्यवहारमा सुधार ल्याउन मुस्कानसहित सेवा अनिवार्य गरिएको छ। रुखो वा अस्वीकृत व्यवहार देखाउने कर्मचारीलाई चेतावनी तथा कारबाहीको व्यवस्था गरिएको छ।

चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने नियम पनि लागू गरिएको छ। यससँगै अस्पतालभित्र एप्रोन र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

१४ निर्णयहरू :

१. मन्त्रिपरिषद्को शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक निर्देशनहरू कार्यान्वयन गर्ने ।

२. चिकित्सक र कर्मचारीहरू समयमै उपस्थित हुनुपर्ने र गयल भएमा नियमानुसार कारबाहीको सिफारिस गरिने ।

३. बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने ।

४. स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने ।

५. अस्पतालको सरसफाइ निगरानीका लागि संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन ।

६.  कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन ।

७. वि.सं. २०८३ को सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने ।

८. २०८३ वैशाख १ देखि बिहान ९ देखि ५ बजेसम्म (जाडोमा ९ देखि ४ बजेसम्म) को समय निर्धारण ।

९. ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिनेलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने ।

१०. फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने ।

११. बिहान ९ः३० बजेपछि आउनेलाई गयल मानिने र आधा दिन बिदा काटिने, ढिलो भएमा निर्देशकको ह्वाट्सएप ग्रुपमा जानकारी दिनुपर्ने ।

१२. सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर ग्रुपमा अपडेट हुनुपर्ने र खटाएको ठाउँमा नभेटिए मन्त्रालयमा रिपोर्ट गरिने ।

१३. कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने ।

१४. सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने । रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्ने ।