काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले त्रिवेणी नगरपालिका, बाजुराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिर्थराज थापामगरविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
थापामगरसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।








