२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव हुने

अ+ अ-

झापा । कोशी प्रदेश र भारतको पश्चिम बंगाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

विर्तामोड सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा प्रदर्शनी कक्ष राखिने जिल्ला पर्यटन कार्यालयले जनाएको छ । ती कक्षबाट स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन ‘प्याकेज’ तथा सेवाबारे विस्तृत रूपमा जानकारी दिइने छ । आगन्तुकले परिकार चाख्न पनि पाउने छन् ।

उत्सव सञ्चालन गर्न पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी-बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन भएको छ ।

उत्सवका माध्यमबाट नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ सुदृढ तुल्याउन र सुस्ताएको पर्यटन उद्योगलाई गतिशील बनाउन सघाउ पुग्ने विश्वास संयोजक श्रेष्ठको छ ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम, फोटो तथा चित्रकला प्रदर्शनीका साथै र दुई देशबीच सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल–बंगाल पर्यटन सर्किट’बारे विचारविमर्श हुने भएको छ ।