२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् सम्झौता र अनुमति पत्रको कमजोरी पहिचान गर्न ऊर्जा मन्त्रालयद्वारा अध्ययन समिति गठन

अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रमा नीतिगत र कार्यान्वयन सम्बन्धी कमजोरी पहिचान गर्न दुई समिति गठन गरेको छ।

मन्त्रालयले मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय कार्यान्वयन गर्दै आफ्नो कार्यसम्पादन प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन उक्त कदम चालेको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणबाट सम्पन्न भएका विद्युत् खरिद सम्झौता (पीपीए) को नीतिगत, प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्न सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले समितिले हालसम्मका पीपीएका अवस्थाको विश्लेषण गर्ने र प्रक्रियामा देखिएका समस्या पहिचान गरी सुधारका लागि सिफारिस गर्ने बताए। साथै, आगामी पीपीए प्रक्रिया अझ पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकूल बनाउन उपाय प्रस्ताव गर्ने जिम्मेवारी पनि दिइएको उनले उल्लेख गरे।

त्यसैगरी, विद्युत् विकास विभागबाट जारी भएका विभिन्न अनुमति पत्रको स्थिति र प्रगतिबारे वस्तुगत समीक्षा गर्न सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय अर्को समिति गठन गरिएको छ। उक्त समितिले अनुमति पत्र जारी प्रक्रियामा रहेका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरी पहिचान गरी सुधारका लागि सुझाव दिने प्रवक्ता देवले बताए।

मन्त्रालयले यी समितिको प्रतिवेदनका आधारमा ऊर्जा क्षेत्रमा आवश्यक नीतिगत र कानुनी सुधार अगाडि बढाउने जनाएको छ।