१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियाबाट तीन नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ।

नेपाली राजदूतावास बैंककका अनुसार कम्बोडिया सरकारको सहयोग र दूतावासको पहलमा उद्धार गरिएका ती नेपालीहरूलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) कम्बोडियाको सहजीकरणमा चैत १९ गते कम्बोडियाबाट नेपाल पठाइएको हो। उनीहरू आज (चैत २०) गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

दूतावासले कठिन परिस्थितिमा परेका तथा अलपत्र रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने पहल जारी रहेको जनाएको छ।

दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको छ। यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणको लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

दूतावासले स्क्यामिङ केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको भन्ने गुनासो धेरै आएको जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्किनका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार नेपालीको आवागमन पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ नेपाली पुगेको देखिएको दूतावासले जनाएको छ।

नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ। 

नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत पनि यो सन्देश प्रवाह गरी सहयोग गरिदिन अनुरोध गरेको छ।