२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

अ+ अ-

काठमाडौँ । मुक्तिनाथ धामस्थित दर्शनार्थी विश्रामस्थल प्रांगणमा सञ्चालन गरिएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । 

नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

समुद्री सतहको तीन हजार ८०० मिटर उचाइमा अवस्थित मुक्तिनाथ क्षेत्रमा पुगेका कतिपय दर्शनार्थीलाई हाइअल्टिच्युडको समस्या देखिने गर्छ । मुक्तिनाथ दर्शनार्थीलाई लक्षित गरी नेपाली सेनाको इन्द्रबक्स गणले मुक्तिनाथमा एक दिने शिविर सञ्चालन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । 

सेनाको नि:शुल्क शिविरमा स्वास्थ्यमा समस्या भएका दीर्घरोगका बिरामी, ज्येष्ठ नागरिकलगायतको स्वास्थ्य परीक्षण भएको व्यवस्थापक भुसालले जानकारी दिए । उच्च उचाइको स्थानमा आउने पर्यटक तथा दर्शनार्थीलाई अक्सिजनको लेवल कम हुने भएकाले ‘हाइअल्टिच्युड’को समस्या देखिने गरेको व्यवस्थापक भुसालको भनाइ छ ।

नेपाली सेनाका नि:शुल्क स्वास्थ्य शिविरमा स्वदेशी भक्तजन १२२ जना, भारतीय दर्शनार्थी ४० जनाले स्वास्थ्य लाभ लिएको इन्द्रबक्स गणले जनाएको छ । त्यसैगरी, शिविरमा पोल्यान्डका पाँच पर्यटक र साउथ कोरियन पर्यटक एक गरी छ जना विदेशीले पनि शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जना दर्शनार्थीलाई प्रोटेबल अक्सिन प्रयोग गरी हाइअल्टिच्युड सिग्नेसको परीक्षण गरी उपचार गरिएको इन्द्रबक्स गणले बताएको छ ।

मुक्तिनाथमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका लागि इन्द्रबक्स गणबाट एक जना चिकित्सकसहित पाँच स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा परीक्षण गर्न आएकाहरूको हाइअल्टिच्युड सिग्नेस, श्वासप्रश्वासको समस्या, उच्च रक्तचापलगायत सामान्य प्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो ।