२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

अ+ अ-

काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गरेका हुन् ।

यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।

अस्पतालका निर्देशक प्रा.डा.शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति (एमआर) लाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिए। औषधिको प्रमोसन गर्ने व्यक्ति (एमआर)लाई कार्यालय समयमा बहिरंग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उनले बताए ।

यसैगरी, अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र शय्यामा गएर औषधि पसलले ‘भिजिटिङ कार्ड’ बाँड्ने गरेकोसमेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई अनुरोध गरेका छन्।

यस्तो कार्य गरेको पाइएमा अस्पताल प्रशासनबाट नियमानुसारका कारबाही गर्नेसमेत अस्पतालका कार्यकारी निर्देशक प्रा डा.शर्माले बताएका छन् ।

यसैगरी, अस्पताल प्रशासनले चिकित्सकले औषधि तथा सर्जिकल सामग्रीको कम्पनी वा ब्रान्ड नमिलेको भनी फिर्ता गरी बिरामीलाई अनावश्यक दु:ख दिने कार्य नगर्नसमेत आग्रह गरेको उनले बताए।

यदि त्यस्तो दु:ख दिने कार्य गरेको पाइएमा संलग्न चिकित्सक, नर्सिंङ तथा अन्य कर्मचारीलाई कारबाही गरिने समेतमा अस्पतालले उल्लेख गरेको छ ।