काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त आइतवार(आज) बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरिएको हो ।
सरकारले संगठन संरचना, जनशक्ति व्यवस्थापन तथा कार्यप्रवाहलाई प्रभावकारी बनाउन सर्वेक्षणमार्फत आवश्यक सुधारका आधार तयार गर्ने जनाएको छ ।







