काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सञ्चालन गरेको स्टिङ अपरेसनका क्रममा उनलाई सप्तरीको भारदहबाट नियन्त्रणमा लिएको हो।
आयोगका प्रमुख यज्ञ पुरीका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको टोलीले दासलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका दासमाथि आवश्यक अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।






