काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष र दुई जना विशेषज्ञ सदस्यले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो। समितिका अध्यक्ष श्रीमण गौतम र विज्ञ सदस्यहरू ललितकुमार महर्जन तथा ध्रुव आचार्यले आज मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पेश गरेका थिए।







