काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले आफ्नो कार्यालय समय तथा सेवा सञ्चालनमा नयाँ व्यवस्था लागू गरेको छ।
नेपाल सरकारको हालै सार्वजनिक निर्णय तथा त्रिवि कार्यकारी परिषद्को चैत २३ गतेको निर्णयअनुसार अस्पतालको नियमित कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ। यससँगै अब शनिबार र आइतबार बिदा रहने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार नयाँ समय व्यवस्थाका कारण बिरामी सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै बहिरंग (ओपिडी) सेवा र शल्यक्रियाहरू शुक्रबार पूर्ण रूपमा सञ्चालन गरिनेछन्। अन्य दिनहरूमा भने आवश्यकताअनुसार सेवा व्यवस्थापन गरिने व्यवस्था मिलाइएको छ।
अस्पतालले सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको जनाएको छ।








