२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएपछि पोखरेलले सरकारी कदममाथि प्रश्न उठाएका हुन् ।

उनका अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारी १० दिनसम्म पनि ठोस कारणसहित स्थापित हुन सकेन । उनले उक्त प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै त्यसकै आधारमा गरिएको पक्राउलाई गैरकानुनी प्रकृतिको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले अन्ततः हाजिरी जमानीको उपाय अपनाउनु परेको अवस्थाले समग्र प्रक्रियामाथि थप जिज्ञासा सिर्जना गरेको उल्लेख गरेका छन् ।

यस प्रकरणलाई लिएर पोखरेलले सरकारको कदमलाई राजनीतिक पूर्वाग्रह प्रेरित भएको आरोपसमेत दोहोर्‍याएका छन् ।