काठमाडौँ । महिलालाई अतिरिक्त प्रलोभन देखाएर उनीहरूको सम्पत्ति कब्जा गर्ने आरोपमा उमेश सापकोटा पक्राउ परेका छन्।
दाङ जिल्ला निवासी एक महिलाको उजुरीको आधारमा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका-२ घर भई हाल धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरमा बसोबास गर्दै आएका ४० वर्षीय सापकोटालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, को टोलीले आज नियन्त्रणमा लिएको हो।
सापकोटाविरुद्ध जबरजस्ती करणसम्बन्धी उजुरी समेत दर्ता भएको छ।







