काठमाडौँ । प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशले स्थानीय प्रशासन सेवा अन्तर्गतको अधिकृत स्तरको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको जनकपुरधामस्थित कार्यालयले सूचना प्रकाशित गर्दै पहिलो चरणको लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूको नामावली द्वितीय चरणको परीक्षाका लागि प्रकाशन गरेको हो ।







