काठमाडौँ । लहान नगरपालिका, सिरहाको रोक्का गरिएको बैंक खाता आंशिक रूपमा सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयको २०८२ चैत २५ गतेको निर्णयअनुसार यसअघि मिति २०८२ पुस २८ मा रोक्का गरिएको उक्त खाताबाट अब नगरपालिकाका कर्मचारीको तलब-भत्ता तथा सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम मात्रै भुक्तानी गर्न पाउने गरी सञ्चालन गर्न भनिएको हो।
मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, सिरहालाई पत्र पठाउँदै स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक सेवा प्रभावित भएको भन्दै खाता आंशिक रूपमा सञ्चालन गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ। लिखित तथा मौखिक गुनासोका आधारमा यस्तो निर्णय गरिएको जनाइएको छ।
पत्रअनुसार, सम्मानित प्रशासकीय अदालतको आदेशबमोजिम कार्यरत प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको नाममा खाता सञ्चालन गर्न निर्देशन दिइएको छ। सोही खाताबाट स्वीकृत दरबन्दीअनुसारका कर्मचारीको तलब-भत्ता र सामाजिक सुरक्षा भत्ता मात्रै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ लहान नगरपालिकालाई







