काठमाडौँ । प्रतिनिधि सभामा उपसभामुख पदका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत पहिलो चरणमा प्रस्तुत प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई अपेक्षाकृत न्यून समर्थन प्राप्त भएको छ।
उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा उनको पक्षमा जम्मा पाँच मत परेको छ भने विपक्षमा २१५ मत र तटस्थतामा ३७ मत खसेको जानकारी दिइएको छ।
आजको बैठकमा कुल २५७ जना सांसदहरूको उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रिया भने अझै जारी रहेको छ।







