२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

अ+ अ-

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।

अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मंगलबार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए । शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा सात, बैंकिङ कसुरमा एक जना र केही सार्वजनिक कसुरमा एक जना रहेको बस्नेतले बताए । पक्राउ परेकाबाट सात दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए।

गत मंगलबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका नौ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ ।