२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुनु श्रेष्ठ नियुक्ति प्रकरण जनस्वास्थ्य प्रशासक र बीमा बोर्ड निर्देशकलाई तीन दिने स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादित सदस्य नियुक्ति तथा बैठक सहभागिताको विषयमा छानबिन अघि बढाउँदै प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति ध्यानाकर्षण जनाउँदै दुवै अधिकारीसँग औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो । मन्त्रालयका अनुसार उक्त प्रकरणमा निर्णय प्रक्रिया, माइन्युट व्यवस्थापन तथा बैठकमा सहभागितासम्बन्धी कागजात मिलाउने कार्यमा कर्मचारीहरूको संलग्नताबारे सार्वजनिक भएका तथ्यलाई गम्भीर रूपमा लिइएको छ । नियुक्ति र उपस्थिति विवादमा आएपछि कागजात नियुक्ति र माइनटलगायत कागजात मिलाउन अनेकन दौडधुप चलाएको विषयमा प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमार्फत सापकोटा र पौडेललाई उक्त विषयमा आफ्नो संलग्नता, भूमिका तथा यसरी अवस्था सिर्जना हुनुका कारणबारे स्पष्ट पार्दै तीन दिनभित्र मन्त्रालयमा लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

स्वास्थ्य बीमा बोर्डको निष्क्रिय भइसकेकी सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराइएको विषय सार्वजनिक भएपछि उक्त प्रकरण विवादमा तानिएको हो । श्रेष्ठ हालै पदमुक्त गरिएका पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहकी पत्नी हुन् ।

उक्त प्रकरणसँगै मन्त्री साहमाथि पदको दुरुपयोग गरी आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको बोर्ड सदस्यका रूपमा सक्रिय गराएको आरोप लागेको थियो । सोही विषयमा चर्किएको आलोचना र राजनीतिक दबाबपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री साहलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।