२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाभित्र असन्तुष्ट पक्षद्वारा नेतृत्व परिवर्तन र महाधिवेशनको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरी नयाँ संरचना गठन गर्न माग गरेको छ।

महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान कार्यसमिति भंग गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो। साथै, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्न माग गरिएको छ।

बैठकले पार्टीको वर्तमान अवस्थाबारे समीक्षा गर्दै संगठनात्मक संकटबारे चिन्ता व्यक्त गरेको जनाएको छ। महाधिवेशनमार्फत नयाँ जनादेश प्राप्त गर्नु आवश्यक रहेको निष्कर्ष निकालिएको छ। बैठकपछि जारी धारणा अनुसार, ‘केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन । केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अतिरिक्त अवधिमा छ । पार्टीले म्याद थप गर्ने निर्णय गर्दा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जगजाहेर छ ।’

निर्वाचन परिणामबारे पनि असन्तुष्ट पक्षले समीक्षा गर्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाएको छ। निर्वाचनअघि व्यक्त गरिएका अपेक्षा र प्राप्त परिणामबीच अन्तर रहेको उल्लेख गर्दै उनीहरूले भनेका छन्, ‘मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पार्टीको पक्षमा अकल्पनीय नतिजा प्राप्त हुने बताउनुभएको थियो । निश्चितरुपमा नतिजा त अकल्पनीय नै प्राप्त भयो तर, नकरात्मक रूपमा ।’

बैठकले निर्वाचनपछिको समीक्षा पर्याप्त नभएको र नेतृत्वले नैतिक जिम्मेवारी नलिएको विषय उठाएको छ। पार्टीभित्र निर्णय प्रक्रियामा विधि, पद्धति र आन्तरिक परामर्शको अभाव रहेको आरोप पनि लगाइएको छ।

उपसभामुख पदका लागि उम्मेदवारी दिने निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। उक्त विषयमा केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा पर्याप्त छलफल नभएको भन्दै आपत्ति जनाइएको छ। असन्तुष्ट पक्षले यसलाई पार्टीभित्रको प्रक्रियागत कमजोरीसँग जोडेर व्याख्या गरेको छ।

पार्टीभित्रको आन्तरिक मतभेद सार्वजनिक रूपमा देखिँदा संगठनात्मक एकता, आगामी रणनीति र नेतृत्व संरचनामा प्रभाव पर्ने देखिएको छ।