२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक नीतिसम्बन्धी छलफलका क्रममा अर्थमन्त्रीलाई उपस्थित गराएर छलफल गर्नुपर्ने माग सांसदहरूले गरेका छन्।

सोमबार बसेको समितिको वार्षिक कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले बजेट तयारी, प्री–बजेट छलफल र क्षेत्रगत प्राथमिकताबारे विस्तृत छलफल आवश्यक रहेको बताएका हुन्। उनीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समितिमा बोलाएर सरकारको आर्थिक नीति र बजेट प्राथमिकताबारे छलफल गर्नुपर्ने धारणा राखेका छन्।

छलफलमा घनश्याम रिजालले प्री-बजेट छलफललाई नियमित प्रक्रिया अनुसार अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत हुने भएकाले त्यसअघि संसदीय छलफललाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ।

त्यसैगरी रेखा कुमारी झाले मधेश क्षेत्रलाई केन्द्रमा राखेर बजेट विनियोजन हुनुपर्ने धारणा राखेकी छन्। उनले क्षेत्रीय आवश्यकता अनुसार समानुपातिक विकास नीति आवश्यक रहेको उल्लेख गरेकी छन्।

सावित्री मल्लले पनि अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल गरी बजेटमा मधेश, कर्णाली लगायत पछाडि पारिएका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। उनले बजेट वितरणसम्बन्धी सरकारको दृष्टिकोण स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन्।

0 Comments