२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

अ+ अ-

गण्डकी । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताएका छन् । 

पोखरामा सम्पन्न लोक सेवा आयोगहरूको दुई दिने छैटौँ राष्ट्रिय सम्मेलनको आज आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए । उनले सो कार्यक्रममा आयोगहरूबाट छनोट हुने कर्मचारीहरू शासकीय प्रभावकारिताका संवाहक भएकाले आयोगको छनोट प्रणालीमा थोरै मात्र त्रुटि भएमा त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड दिए । 

गौरवशाली इतिहास बोकेको संवैधानिक निकाय लोकसेवा आयोगले आर्जन गरेको जनविश्वास र स्थापित पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिमा आएको परिवर्तन, सूचनाको हकको बढ्दो प्रयोग र परिवर्तित सन्दर्भहरूलाई आत्मसात् गरी अगाडि बढ्न सकेमा आयोगको विश्वासनीयतामा थप अभिवृद्धि हुने उनको भनाइ छ ।

सम्मेलनले विभिन्न छ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन) २०७५ बमोजिम लोक सेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२ को मस्यौदामा प्राप्त सुझावका आधारमा आयोगबाट स्वीकृत गरी सार्वजनिक गर्ने, लोक सेवा आयोगको सिद्धान्त र मापदण्ड सार्वजनिक भएपछि सोको आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोकसेवा आयोगहरूले आवश्यकताअनुसार स्वमूल्यांकन गर्ने वा समकक्षी मूल्यांकन गर्ने, लोकसेवा आयोगहरूको सातौँ सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेस प्रदेशमा आयोजना गर्नेलगायत छन् । 

सम्मेलनमा लोक सेवा आयोगका सचिव रामेश्वर दङ्गालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच समन्वय र सहकार्यको स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताए। 

सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आआफ्नो प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम कारबाहीका बारेमा प्रकाश पारेका थिए ।

0 Comments