२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

अ+ अ-

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । 

बर्सेनि नदीको कटान र डुवालने स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी भएपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी संघ संस्थाको समन्वयमा निरन्तरता दिइएको छ । नगरपालिका, सहकर्मी समाज र स्थानीयको जनश्रमदान मार्फत गरेको जैविक तटबन्धको काम भइरहेको छ । 

प्रत्येक घरबाट एक सय रुपैयाँ संकलन गर्दै त्यसै रकमको केही कट्टा खरिद गरेर जनश्रमदानबाट गत वर्ष तटबन्ध सुरु गरिएको थियो । त्यसबेलाको तटबन्धले बस्ती पस्ने खतरा रहेको कन्द्रा बस्ती पस्न रोकिएको स्थानीय अमरराज न्यौपाने बताउछन् । “गत वर्ष प्रभावकारी भएपछि यस वर्ष नगरपालिकालगायत अन्य सहयोगीको समन्वयमा काम भइरहेको छ ।” उनी भन्छन्, “आशा गरौँ अब हामीले विस्थापित हुनुपर्ने छैन ।” उनका अनुसार हालसम्म झन्डै  किलोमिटर जैविक तटबन्ध भइसकेको छ ।

बर्सेनि कन्द्रा नदीले खेतीयोग्य जमिन कटान गर्नुका साथै बस्ती डुबानमा पर्ने समस्या झेल्दै आएका छन् । नदीबाट बर्सेनि चार सय ३५ घरधुरी प्रभावित हुने गरेका छन् । झलझलियामा बर्सेनि कन्द्राको कटानले बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्दै गएको छ । कैयौँ परिवार खेतीयोग्य जमिन बगर बनेपछि सुकुम्बासी बनेका छन् ।  त्यसैलाई मध्यनजर गर्दै गएको भदौमा स्थानीय नागरिकहरूको जनश्रमदानम सयौँ मिटर जैविक तटबन्ध गरिएको स्थानीय लक्ष्मीप्रसाद जैशीले जानकारी दिएका छन् । 

“सरकारलाई तटबन्ध निर्माणका लागि हारगुहार गर्दागर्दै हामी थाकिसकेका छौँ । हाम्रो भनेको सबैले सुन्ने गरे पनि कार्यान्वयन कतैबाट नहुँदा नागरिकहरूलाई सुरक्षित राख्न जैविक तटबन्ध गरिएको थियो”, उनी भन्छन्, “त्यो प्रभावकारी पनि देखिएको छ, नदीले गर्ने कटान रोकिएको छ ।” यस वर्ष  नगरपालिका र सहमति नेपालको साझेदारीमा एक सय ७५ मिटर थप तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको  छ । हालसम्म त्यहाँ पाँच सय मिटरभन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण भएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । 

नगरपालिकाले सात सय ५० मिटर जैविक तटबन्धको काम गर्नेगरी सर्भे गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ, नेपाल रेडक्रस सोसाइटी, स्थानीयको जनश्रमदानबाट उक्त तटबन्धको काम हुन लागेको नगरपालिकाकी वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिएका छन् । “नगरपालिकासहितका संघसंस्थाहरूको झन्डै रु २५ लाख लागतमा जैविक तटबन्धको काम हुन लागेको छ”, उनले भने, “यो अहिलेसम्मकै सबैभन्दा धेरै जैविक तटबन्ध निर्माण हुन लागेको हो ।” उनका अनुसार यसभन्दा पहिले झन्डै ६५ लाखभन्दा बढीको लगानीमा जैविक तटबन्ध भइसकेको छ ।

जैविक तटबन्ध भएपछि नदीको कटान रोकिँदा त्यहाँ व्यावसायिक बगरखेतीलाई प्राथमिकता दिइएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका कारण प्रभावित भएका परिवारलाई आयआर्जनमा जोड्नका लागि प्रयोगविहीन बगरमा सामुदायिक कृषि वन कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका निवर्तमान सभापति बासुदेव बिनाडीले जानकारी दिएका छन् । “कृषि वन कार्यक्रममा फलफूललाई प्राथमिकता दिइएको छ”, उनले भने, “यसले एकातिर किसान उत्पादनमा पनि जोडिने र आउने दिनमा नदी कटान रोकिने विश्वास गरिएको छ ।”

बाढी प्रभावितलाई लक्षित गर्दै जीविकोपार्जनसहितको कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । यस वर्ष थोरै भए पनि तटबन्धका कारण बाढीको जोखिमबाट छुटकारा पाएका स्थानीय बाँकी रहेको क्षेत्रमा पनि तटबन्ध हुने भएपछि अबका दिन यसभन्दा पहिलेका जस्ता नहुने झलझलियाका फागुराम डगौराले बताए। वर्षात्को समय भजनीलाई बाढी र डुबानले बर्सेनि आक्रान्त बनाउँदै आएको छ । कन्द्रा नदी त्यस क्षेत्रमा सबैभन्दा बढी दुःख बनेर बसेको छ ।   

0 Comments