२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । 

“हामीले सबैलाई सडकबाट उद्धार गरेका होइनौँ, बेसहारा र अशक्तको उद्धार गर्छौँ, शारीरिक अवस्था ठिक भएकालाई माग्ने पेसामा निषेध गर्छौँ”, प्रमुख डंगोलले भनिन् । 

पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी तीन जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय एक जना र ५० वर्षीय एक जना व्यक्ति गरी छ जनालाई उद्धार गरिएको हो ।

पशुपति क्षेत्रपछि सेवामा खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरू दुवैको अवस्था सामान्य छ । टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ ।

उद्धार तथा पहिचान, उपचार तथा पुन:स्थापना कार्यलाई व्यवस्थित बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सामाजिक विकास विभागका प्रमुख छन्।

यसरी सहयोगापेक्षीहरूको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौँ निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्, “सडकमा माग्न बस्नुभएका सबैलाई सहयोग गर्नुपर्ने अवस्थाको हुनुहुन्न । कोहीले माग्ने कामलाई पेसा बनाउनुभएको छ । कोही दुर्व्यसनका कारण पारिवारिक बेमेलका कारण सडकमा आउनुभएको छ । उहाँहरूको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजनाअनुरूप उद्धार कार्य थालेका हौँ”, उनले भनिन्। कामपाले काठमाडौँलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको छ ।   

0 Comments