२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सेयर मूल्य उतारचढाव सीमा १५ प्रतिशत पुर्‍याइयो, नयाँ व्यवस्था सोमबारदेखि लागू

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा हुने दैनिक उतारचढावको अधिकतम सीमा विस्तार गर्दै १५ प्रतिशतसम्म पुर्‍याउने निर्णय गरेको छ। यसअघि कायम १० प्रतिशतको सीमा परिमार्जन गर्दै नयाँ प्रावधान लागू गर्न लागिएको हो।

नेप्से सञ्चालक समितिले कारोबार सञ्चालनसम्बन्धी विनियमावलीमा चौथो संशोधन गरी आगामी सोमबारदेखि नयाँ व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।

संशोधित प्रावधानअनुसार कारोबार समय सुरु हुनु अघि वा पछि ग्राहकले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मार्फत दिएको खरिद-बिक्री आदेश समय प्राथमिकताका आधारमा राखिनेछ र कारोबार खुल्ने बित्तिकै क्रमशः प्रणालीमा प्रविष्ट हुनेछ। आदेश प्रविष्ट गर्दा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतको दायराभित्र रहनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रारम्भिक कारोबार अवधिमा (१०:३० देखि १०:४५ बजेसम्म) अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत सीमाभित्र रहनुपर्नेछ। उक्त अवधिमा भएका कारोबारलाई नियमित सत्रमा समायोजन गरिने प्रावधान छ।

नियमित कारोबार सत्रका लागि मूल्य सीमा तीन प्रतिशत तोकिएको छ, जुन यसअघि दुई प्रतिशत थियो।

यसैगरी, परिसूचकमा आधारित सर्किट ब्रेक सम्बन्धी व्यवस्था पनि परिमार्जन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से सूचक पाँच प्रतिशतले बढे वा घटेमा पहिलो सर्किट ब्रेक लागू भई १५ मिनेटका लागि कारोबार रोकिनेछ। पुनः कारोबार खुलिसकेपछि सूचक आठ प्रतिशतसम्म पुगेमा सो दिनको कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।

0 Comments