काठमाडौँ । झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१३ का वडाध्यक्ष श्रीकृष्ण शर्मामाथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उनी घाइते भएका छन् ।
शुक्रबार बिहान वडाध्यक्ष शर्मामाथि कुटपिट भएको हो । सोही वडाको रातामाटा टोलका सुदिप रोकाया र उनकी श्रीमती डम्मरी रोकायाबिच झैझगडा भइरहेको सूचना पाएपछि वडाध्यक्ष शर्मा विवाद मिलाउन गएका थिए ।
उनीहरूलाई सम्झाई बुझाइ गर्ने क्रममा सुदिप रोकायाले वडाध्यक्षमाथि नै हातपात गरेको स्थानीयले बताएका छन् । यता नगर प्रमुख पुष्प वादीले भने झगडा मिलाउँदा झुकिएर सामान्य चोट लागेको बताए । यस घटनाबारे थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।







