२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यार्थी भर्ना अभियान वैशाख ७ बाट, पठनपाठन वैशाख १४ देखि

अ+ अ-

जीतपुरसिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको पत्रअनुसार देशभर वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्ने व्यवस्था गरिएको भए पनि स्थानीय तहका सरोकारवालाहरूबाट फरक सुझाव आएपछि उपमहानगरपालिकाले आफ्नै निर्णय लिएको हो।

वैशाख १५ देखि भर्ना अभियान सुरु गर्दा अध्ययनमा अवरोध हुने, वार्षिक कार्य घण्टा अपुग हुने तथा शिक्षाको गुणस्तरमा असर पर्ने गुनासो आएपछि नगर प्रमुख स्तरीय निर्णयमार्फत वैकल्पिक मिति तय गरिएको जनाइएको छ।

वैशाख ३ गतेको निर्णयअनुसार अब उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूले वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेछन्। यस्तै, नियमित पठनपाठन भने वैशाख १४ गतेदेखि सुरु गरिनेछ।

त्यसै गरी विद्यालय सञ्चालनसम्बन्धी समय तालिका पनि परिमार्जन गरिएको छ। निर्णयअनुसार शुक्रबार विद्यालय पूर्ण समय (बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म) सञ्चालन हुनेछन् भने हप्तामा दुई दिन शनिबार र आइतबार बिदा रहने व्यवस्था गरिएको छ।

उपमहानगरपालिकाले सबै विद्यालयहरूलाई उक्त निर्णयअनुसार भर्ना अभियान र अध्ययन अध्यापन कार्य तत्काल प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

0 Comments