काठमाडौँ । ट्राफिक नियम विपरीत फुटपाथमा पार्किङ गरिएको प्रहरीको भ्यानमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ। नियम उल्लंघन गरेको पुष्टि भएपछि सम्बन्धित सवारी साधनलाई जरिवाना स्वरूप चिट जारी गरिएको हो।
उक्त घटनाबारे जानकारी नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको छ। प्रारम्भमा फुटपाथमा पार्किङ गरिएको भ्यानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भई व्यापक रूपमा चर्चामा आएको थियो।
सार्वजनिक ध्यानाकर्षणपछि ट्राफिक प्रहरीले सो सवारी साधनको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरेको जनाएको छ।







