काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।
उनले भने, ‘ फेसबुकमार्फत भनेका छन्, ‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो । के तपाईँ कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’
ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताए ।








विगत दश वर्षमा पार्टा भनेकै के.पी.ओली मात्र हो भन्ने ढंगले तपाईले विकास गर्नु भएको शैली र ब्यबहारले गर्दा आज तपाईले ठीकै कुरा गर्दा पनि यो देशका लागि नभएर के पी ओलीको लागि भनेको होला झै लाग्छ कमरेड !!!