काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन गरिनेछ।
समितिले दलको विधानअनुरूप निर्वाचन सम्बन्धी कार्यक्रम तय गरिएको जनाएको छ। यसअनुसार वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरूको अन्तिम सूची मतदानकै दिन साढे ३ बजे सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।









