काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलवार नापी विभाग, काठमाडौँका नापी अधिकृत राजु पुरीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
पुरीले सार्वजनिक सेवाको पदमा कार्यरत रहँदा पदीय मर्यादाको दुरुपयोग गरी एक करोड चार लाख तीन हजार नौ सय एकचालीस रुपैयाँ त्रियासी पैसा गैरकानुनी रूपमा आर्जन गरेको आरोप आयोगले लगाएको थियो ।
पुरीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।








