काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएर पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नगर्ने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि कडा कदम चालेको छ।
मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघसम्म विभिन्न नगरपालिका तथा गाउँपालिकामा सरुवा भई समय व्यतीत भइसक्दा समेत रमाना नलिई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृत स्तरका १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको निकायमा गई कामकाज सम्हाल्न निर्देशन दिएको हो।
मन्त्रालयले २०८३ वैशाख १० गते पत्राचार गर्दै तोकिएको समयभित्र रमाना नलिई हाजिर हुन नजाने कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
लामो समयदेखि सरुवा भएको स्थानीय तहमा जान अटेर गरी साविककै कार्यालयमा बसिरहने प्रवृत्तिलाई नियन्त्रण गर्न मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।
साथै आगामी दिनमा पनि अवधि पुगी हाजिर नहुने कर्मचारीहरूमाथि कडा कानुनी कारबाही अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
One Comment
Leave a Reply
You must be logged in to post a comment.








अनुशासन पालना पर्ति कठाेार भइ सरकार सुशासन काे उद्देश्य लाई पुर्णता दिन थप एक कदम अगि बढेको बुझ्न सकिन्छ ,जय नेपाल ।