काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासी समुदायलाई विस्थापित गर्ने कार्य नगर्न सरकारलाई सुझाव दिएका छन्।
उनले समस्या समाधानका लागि मानवीय र व्यवस्थापनमुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका हुन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राईले सुकुमवासीलाई बेघर बनाउने कुनै पनि कदम उचित नहुने बताएका छन्।
बरु उनीहरूको व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आवश्यक परे आफूबाट सुझाव लिन सकिने उनको भनाइ छ।
उनले आफ्नो अभिव्यक्तिमा राज्य संयन्त्रलाई बल प्रयोगका माध्यमबाट समस्या समाधान गर्ने अभ्यासबाट टाढा रहन आग्रह गर्दै नागरिकप्रति संवेदनशील दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गरेका छन्।
साथै व्यवस्थापनका उपायबारे छलफल आवश्यक परे आफू तयार रहेको पनि बताएका छन्।








