२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनासम्म कुनै पनि कर्मचारीले विदेश जान नपाउने, वैदेशिक भ्रमण रोक्न प्रधानमन्त्री कार्यालयको कडा निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ।

कार्यालयको प्रशासन शाखाबाट जारी पत्रअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एकसय कार्यसूची’ उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको छ। सो कार्यसूचीको प्रभावकारी कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भन्दै कर्मचारीहरूको वैदेशिक भ्रमणमा अस्थायी रोक लगाउन भनिएको हो।

पत्रमा आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणका लागि मनोनयन नगर्ने तथा नगराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय गर्न समेत भनिएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाह, प्रशासनिक सुधार र कार्यक्षमता अभिवृद्धिलाई लक्षित गर्दै ‘एकसय कार्यसूची’ लागू गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाइएको छ। उक्त कार्यसूची कार्यान्वयनमा कर्मचारीको उपस्थितिलाई प्राथमिकता दिनुपर्ने भएकाले वैदेशिक भ्रमणलाई अस्थायी रूपमा सीमित गरिएको हो।

यस निर्णयले अल्पकालीन रूपमा सरकारी कर्मचारीको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागितामा प्रभाव पार्ने देखिए पनि आन्तरिक प्रशासनिक सुधारलाई तीव्रता दिने उद्देश्यसँग जोडिएको बुझिएको छ।

1 Comment
बीरेन्द्र
बीरेन्द्र
2 months ago

सरकार ले राम्रो पाइला चारे को हो। नेपाल को विकास तीब्र गतिले हुनर पर छ। बीरेन्द्र गुप्ता