२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली सीआईबी डीएसपी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

पाल्पा । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (डीएसपी) भनेर परिचय दिई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाले उक्त आरोपमा गुल्मी रुरु गाउँपालिका-२, ग्वादी निवासी करिब २७ वर्षीय रिजन भन्ने राजेश विश्वकर्मालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विदेश जाने प्रक्रियामा रकम अड्किएको भन्दै एक महिलालाई सहयोग गर्ने बहानामा उनले आफू सीआईबीको अधिकारी भएको दाबी गरेका थिए। सोही विश्वास दिलाउँदै उनले गत मंसिर महिनामा ती महिलाबाट १ लाख ७० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ।

रकम लिने क्रममा विश्वकर्माले आफ्नो छोरालाई अध्ययनका लागि बेलायत पठाउन आर्थिक अभाव भएको र तलब प्राप्त भएपछि रकम फिर्ता गर्ने बताएका थिए। तर पैसा लिएपछि उनले पीडित महिलासँगको सम्पर्क सामाजिक सञ्जाल र मोबाइल दुवै माध्यमबाट बन्द गरेको प्रहरीको भनाइ छ।

पीडितले गत मंगलबार जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानका आधारमा उनलाई बिहीबार करिब ४ बजे तानसेन नगरपालिका-१४ अर्गली क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेका विश्वकर्माविरुद्ध ठगी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ। 

0 Comments