२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थापाथली सुकुमबासी बस्तीबाट ६ परिवारलाई रंगशाला लगियो

अ+ अ-

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ। बस्ती खाली गर्ने क्रममा आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ । 

काठमाडौं महानगरपालिकाका अनुसार यहाँ बसोबास गर्नेहरूले धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केही आफन्तकोमा गएका छन् । 

बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ । 

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुम्बासी बस्ती खाली गराएको हो । आज बिहानैदेखि सुकुम्बासी बस्तीका बासिन्दाहरूले आफ्नो सरसामान हटाएका थिए ।

डोजर चल्नुअघि नै उनीहरूको सरसामान हटाइ टहराहरू भत्काएको छ । सरकारले सक्कली सुकुम्वासीको पहिचान नहुँदासम्म अल्पकालिन व्यवस्था गरेको छ । सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ । 

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ । 

0 Comments