काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निश्चित गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै खरिदार पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९१०-११९१५/०८२-८३ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना
यसैगरी, लोक सेवा आयोगले हेटौँडा कार्यालयको विज्ञपन नम्बर१२५०२(१२५०७र०८२(८३ (खुला–समावेशी) राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने खरिदार वा सो सरह पदका लागि हेटौँडा परीक्षा केन्द्र राखी अनलाइनमार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना
One Comment
Leave a Reply
You must be logged in to post a comment.








कञ्चनपुर को