काठमाडौँ। डा. शेखर कोइरालाले देश तथा नेपाली काँग्रेस पार्टीको पछिल्लो अवस्थाबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। कोइरालाले काठमाडौँको बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उक्त छलफल आयोजना गरेका हुन्।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेन जेड युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायतको सहभागिता रहेको छ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको उक्त छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल समेतको उपस्थिति रहेको जनाइएको छ।







