२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सीता बादीका ‘नगर्ने १० प्रतिबद्धता’ सार्वजनिक, भन्छिन्-‘सरुवा-बढुवा मिलाउने काम गर्दिनँ’

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा ‘नगर्ने’ १० वटा प्रतिबद्धता सार्वजनिक गर्दै प्रशासनिक व्यवहारमा अनुशासन र सुशासन कायम गर्ने संकेत दिएकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले नातागोता वा चिनजानका आधारमा जागिर, नियुक्ति तथा सरुवा–बढुवा नगर्ने, शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत भनसुन नसुन्ने स्पष्ट गरेकी छन्। त्यस्तै, लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा संरक्षण नगर्ने उल्लेख गरेकी छन्।

मन्त्री बादीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने जनाउँदै कमिसन, घुस वा कुनै प्रकारको आर्थिक अनियमिततामा संलग्न नहुने र त्यस्ता गतिविधिविरुद्ध सक्रिय रूपमा उभिने बताएकी छन्।

उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सम्झौता नगर्ने अडान व्यक्त गरेकी छन्। साथै, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सेवा प्रवाहमा ‘सर्टकट’ वा सिफारिस नस्वीकार्ने र मन्त्रीका नाममा अनावश्यक सुविधा नलिने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

मन्त्री बादीले “भोट दिएको आधारमा प्रभाव पार्ने प्रयास स्वीकार नगर्ने” उल्लेख गर्दै सबै नागरिकलाई समान व्यवहार गर्ने र विशेष गरी कमजोर वर्गलाई प्राथमिकता दिने जनाएकी छन्।

नागरिकका दु:ख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासनका लागि राज्य र नागरिक दुवै पक्षको साझा प्रयास आवश्यक रहने उल्लेख गरेकी छन्।

0 Comments