२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने, ठेक्का अनियमितता प्रकरणमा अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । ठेक्कासम्बन्धी अनियमितताको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाई ८ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले हिजोको आदेशमार्फत उनलाई थप ८ दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत शुक्रबार नियन्त्रणमा लिएको थियो । निर्माण व्यवसायसमेत गर्दै आएका उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

प्रहरीका अनुसार यस प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ, जसमा सात जना निर्माण व्यवसायी रहेका छन् ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (ई-बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियासम्बन्धी विवरण हेरफेर गरिएको आरोप उठेको छ । आर्थिक प्रस्ताव खोलिनु अघि नै प्रस्ताव संशोधन गरेर ठेक्का प्राप्त गर्ने प्रयास भएको आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

यसै प्रकरणसँग सम्बन्धित अर्को चरणमा भीषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक सामाखुसी निवासी टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक काठमाडौँको बानियाटार बस्ने अमृत बोहरालाई पनि सोही दिन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार सबै प्रतिवादीविरुद्ध संगठित अपराध निवारण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको छ ।

0 Comments